Section 80
सङ्क्रामक रोग नियन्त्रणको व्यवस्था मिलाउनु पर्ने
(१) रोजगारदाताले कार्यस्थलमा सङ्क्रामक
रोगको रोकथाम तथा नियन्त्रणका लागि समुचित व्यवस्था मिलाउनु पर्नेछ ।
(२) कुनै श्रमिकलाई सङ्क्रामक रोग लागी उपचार गराउनु परेमा उपचारको अवधिभर
काममा आउन निजलाई रोक लगाउन सकिनेछ ।
(३) उपदफा (२) बमोजिम उपचार गराउनको लागि त्यस्तो श्रमिकको बिरामी बिदा अपुग
भएमा अन्य बिदामा समायोजन गर्न वा विशेष वेतलबी बिदामा बस्न श्रमिकलाई रोजगारदाताले
निर्देशन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको निर्देशन पालना गर्नु सम्बन्धित श्रमिकको कर्तव्य
हुनेछ ।